Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

म्युजिक भिडियोको छायांकन शुरु

म्युजिक भिडियोको छायांकन शुरु

images
  • समाचार
  • आषाढ ९, २०७८ बुधवार १६:२४ बजे
  • 1.8K
    SHARES
  • images
     
     

    निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियोको छायांकन शुरु हुन थालेका छन् । निषेधाज्ञाकै समयमा फाट्टफुट्ट रुपमा गीत रेकर्डिङ भएपनि भिडियोको छायांकन भएको थिएन् । कलाकारहरु वातावरण सहज भएसँगै भिडियो छायांकन गर्ने तयारीमा थिए । निषेधाज्ञा खुकुलो भएसँगै कलाकारहरु सानो टिममा भिडियोको छायाँकन शुरु गरेका हुन् ।

    निर्देशक काजिश श्रेष्ठले आफूले म्युजिक भिडियोको काम शुरु गरिसकेको जानकारी दिए । उनले दुई दिनअघि सुसन अधिकारी र सुनिता बुढाक्षेत्रीको आवाजमा रहेको ‘भुलौरी’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरे । उक्त भिडियोमा सुसन अधिकारी र गीता ढुंगानाले अभिनय गरेका छन् । ‘बाँच्नका लागि पनि काम गर्नैपर्यो । मैले त काम शुरु गरिसकेँ’ उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको जोखिम कायमै रहेकाले सजग चाँही हुनैपर्छ । अब अन्य समयमा भन्दा सानो टिम बनाएर काम गर्नुपर्छ । भुलौरी गीतको छायाँकन पनि सानो टिममा गरिएको हो ।’ अनलाइन खवरमा खवर छापीएकाे छ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology