कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान र स्पेन प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
खालिफा इन्टरनेशनल स्टेडियममा समूह ‘ई’ अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ गोलले हरायो । जापान समूह विजेता र हारेको स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
कोस्टारिकालाई ४–२ गोलले हराएपनि यता चार पटकको विश्वकप च्याम्पियन जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भयो । समूहमा जर्मनी र स्पेनको समान चार चार अंक भएपनि स्पेनले गोल अन्तरका आधारमा जर्मनीलाई पछि पार्दै अघिल्लो चरणमा स्थान बनायो ।
आफ्नो जितसँगै जर्मनीलाई अगाडि बढ्न स्पेनले जापानलाई हराउनु पर्ने थियो । नतिजा जर्मनीको अनुकुल आएन । जापानले स्पेनलाई हराएपछि जर्मनीको विश्वकप यात्रा समूह चरणमाथि जान सकेन ।
जितेपनि जर्मनी अन्तिममा अभागी ठहरियो ।




