तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।दक्षिण कोरियालाई पोर्चुगललाई हराउनै पर्ने दबाब छ ।
अपराजित रहँदै समूह विजेता बन्नु पोर्चुगलको लक्ष्य हुनेछ । यता घाना र उरुग्वे दुवै टोलीका लागि अन्तिम खेल निकै महत्वपूर्ण छ । उरुग्वेलाई जित बाहेक विकल्प छैन । घानालाई भने पोर्चुगल र दक्षिण कोरियाबीचको नतिजाले समेत प्रभाव पार्नेछ ।
पोर्चुगलसँग दक्षिण कोरिया हारे वा बराबरीमा रोकिए घाना आफ्नो बराबरी नतिजाले पनि अन्तिम १६ मा पुग्नेछ । अहिले दोस्रो स्थानमा रहेको घानाको तीन तथा दक्षिण कोरिया र उरुग्वको एक एक अंक छ ।
राति १२ः४५ बजे समूह ‘जी’ को खेलमा सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल अन्तिम खेल अगावै समूह ‘जी’ बाट नकआउट चरणमा पुगिसकेको छ ।
बाँकी तीन टोलीको सम्भावना पनि उत्तिकै छ । अघिल्लो चरण पुग्न क्यामरुनलाई ब्राजिललाई हराउनै पर्ने बाध्यता छ । स्वीट्जरल्यान्ड र सर्बियापनि दबाबमा छन् । जित बाहेक सर्बियालाई अर्को विकल्प छैन ।
तर स्वीट्जरल्यान्डलाई ब्राजिलसँग क्यामरुन हारेमा आफुले बराबरी खेलेपनि पुग्नेछ । अहिले समूहको शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ ।
दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको तीन अंक छ । क्यामरुन र सर्बियाले एक एक अंक बनाएका छन् । एजेन्सी




