Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

स्वीट्जरल्यान्डलाई १-० गोलले हराउँदै ब्राजिल नकआउट चरणमा

स्वीट्जरल्यान्डलाई १-० गोलले हराउँदै ब्राजिल नकआउट चरणमा

images
  • खेलकुद
  • मंसिर १३, २०७९ मंगलवार १०:२१ बजे
  • 340
    SHARES
  • images
    कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा  ब्राजिल प्रवेश गरेको छ ।
    दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले हराएको थियो । ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गर्नुभयो । उहाँले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिललाई जिताउनुभयो । यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ । ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो ।  यसअघि समूह ‘डी’ बाट साविक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान बनाईसकेको छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology