एउटै फ्रेममा सलिनमान बनियाँ, अनमोल केसी र सलोन बस्नेत । सलोनको बिहेमा उनीहरु एकसाथ देखिएका हुन् । सलोनले अनमोल र सलिन दुवैसँग फिल्ममा काम गरेका छन् ।
अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् । बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,अनमोल केसी सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।
बुधबार हुने रिसेप्सनमा जान नभ्याउने भएपछि आफू विवाह समारोहमा आइपुगेको अनमोलले जनाए । वर्षा पतिसँग गएकी थिइन् । रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । सलोन र अनमोलको केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ । यी दुई अत्यन्तै मिल्ने साथी हुन् । सलोनका साथी समेत रहेका कलाकार आमेश भण्डारी पनि विवाहमा नाचगान गर्दै गरेको बेला देखिएका थिए ।
सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।




