Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बोल्ड

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बोल्ड

images
  • समाचार
  • मंसिर ११, २०७९ आइतवार ११:०२ बजे
  • 427
    SHARES
  • images

    काठमाडौँ।
    पौष २९ गते रिलिज हुने नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बोल्ड देखिएकी छन् भने अभिनेता पुष्प खड्का प्रेममा मथित अवस्थामा देखिएका छन् । टिजरमा प्रेम र बदलाको कथा छ ।

    ‘तिम्रो मेरो साथ’को टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह

    रमेश एमके पौडेल निर्देशित सिनेमामा साम्राज्ञी र पुष्पको अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ लगायतको अभिनय रहेको छ । यो चलचित्रबाट निर्देशनमा डेब्यु गरेका पौडेल चलचित्र निर्माता हुन् । यो चलचित्रमा उनकै कथा, गीत र लगानी रहेको छ । पटकथा तथा संवाद भने शबिर श्रेष्ठ र बाबुराम निरौलाले लेखेका छन् ।

    ‘तिम्रो मेरो साथ’को टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह

    आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माता हुन् । कार्यकारी निर्माता शविर श्रेष्ठ हुन् ।

    टिजर हेर्नुहो्सः

     
     
     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology