Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आँचलको नाई न भन्नुल ६ बैसाख १ मा

आँचलको नाई न भन्नुल ६ बैसाख १ मा

images
  • समाचार
  • मंसिर ११, २०७९ आइतवार १०:४७ बजे
  • 466
    SHARES
  • images

    बैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेर फिल्म ‘नाई नभन्नु ल ६’को निर्माण टिम छायांकनमा तल्लिन छ । यो फिल्मलाई विकासराज आचार्यले निर्देशन गरिरहेका छन् । विकासले सामिप्यराज तिमिल्सिनासँग मिलेर यो फिल्मको कथा लेखेका हुन् ।

    यो फिल्मको मुख्य भूमिकामा नायिका आँचल शर्मा र नव–कलाकार आर्शिवाद क्षेत्रीले काम गर्दैछन् । केही समय अगाडि टिकटकमा भाइरल भएको एक भिडियोमा आर्शिवादको फिल्ममा आँखा देख्न नसक्ने यूवाको भूमिका रहेको अड्कल काटिएको थियो ।

    फिल्म ‘नाई नभन्नु ल ६’को सेटबाट अर्को एक तस्वीर बाहिरिएको छ, जहाँ आँचलको अंगालोमा आर्शिवाद देखिन्छन् । यसबाट पनि फिल्ममा आर्शिवाद र आँचलको गहिरो प्रेम रहेको वुझ्न सकिन्छ ।

    यो फिल्मको अघिल्ला पाँचैवटा सिरिज सुपरहिट भएका थिए । यसैले, यसको छैटौं सिरिजले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology