Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

प्रेमगीत ३’मा काम गरेपछि नायक प्रदीप खड्काको सम्बन्ध मुम्बइसँग

प्रेमगीत ३’मा काम गरेपछि नायक प्रदीप खड्काको सम्बन्ध मुम्बइसँग

images
  • समाचार
  • मंसिर ११, २०७९ आइतवार १०:३७ बजे
  • 304
    SHARES
  • images

    8F3C852B-5BCC-44C4-A49A-30D48177C8B5.jpegफिल्म ‘प्रेमगीत ३’मा काम गरेपछि नायक प्रदीप खड्काको सम्बन्ध मुम्बइसँग जोडिएको छ । मुम्बइमा बसेर करिब २ बर्ष लगाएर फिल्मको हिन्दी डब गर्दै गर्दा प्रदीप नजिकिएका हुन् । उनको मुम्बइसँगको सम्बन्ध पछिल्लो समय सामाजिक संजालमा देखिने तस्वीरबाट पनि पुष्टी हुने गरेको छ ।

    केही हप्ता अगाडि प्रदीप नायिका सोनाक्षी सिन्हासँग देखिएका थिए । एक फिल्मको प्रिमियरमा सोनाक्षी र प्रदीपले गफ गरेको खबर सार्वजनिक भएको थियो ।

    यसैबिच, नायक खड्का बलिउडका चर्चित कलाकार नाना पाटेकरसँग देखिएका छन् । निर्माता सन्तोष सेनले सामाजिक संजालमा सार्वजनिक गरेको एक तस्वीरमा प्रदीप र सन्तोष नाना पाटेकरसँग देखिएका छन् । सन्तोषले कलाले कुनै देश र भाषा नभन्ने भन्दै बलिउडका सफल कलाकारसँगको तस्वीर सार्वजनिक गरेका हुन् । उनीहरुको भेट कहाँ र कुन अवसरमा भएको हो, त्यो खुलेको छैन ।

    पछिल्लो समय नेपाली मिडियामा प्रदीपले बलिउड फिल्ममा काम गर्न लागेको खबरहरु सार्वजनिक भैरहेका छन् ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology