Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

images
  • समाचार
  • आषाढ ९, २०७८ बुधवार १४:०३ बजे
  • 748
    SHARES
  • images

    ९ असार, काठमाडौं,

    रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १८ वर्षीया सुशीला बुढा  र १६ वर्षीया श्यामकला बुढा छन् ।

    रोल्पा नगरपालिकाको हुमामा मंगलबार राति आएको पहिरोले दुई तले घर पुर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले  बताए ।

    उनका अनुसार घटनामा टीका बुढामगर घाइते छन् । पहिरोका कारण सडक अवरुद्ध भएकाले उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको छ ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology