मिचेल डुकेले २३औँ मिनेटमा क्रेट गुडविनको पामसा हेडमार्फत गरेको गोल अष्ट्रे्लियाको जितमा पर्याप्त बन्यो । दोस्रो हाफमा ट्युनिसियाले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
पहिलो जितसँगै तीन अङ्क बनाएको अष्ट्रेलिया समूहको दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको फ्रान्सको ३ अङ्क छ । यसअघि समूहको पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसिया र डेनमार्कको एक एक अङ्क छ ।




