Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युरो कप सेमिफाइनल र फाइनल हेर्न ६० हजार दर्शकले प्रवेश पाउने

युरो कप सेमिफाइनल र फाइनल हेर्न ६० हजार दर्शकले प्रवेश पाउने

images
  • समाचार
  • आषाढ ९, २०७८ बुधवार १३:३९ बजे
  • 1.6K
    SHARES
  • युरो कप  सेमिफाइनल र फाइनल हेर्न  ६० हजार दर्शकले प्रवेश पाउने
    images

    Wembley-Stadium-F365.jpg

    युइएफए युरो कप २०२० अन्तर्गत इङ्गल्याण्डको स्टेडियममा हुने सेमिफाइनल र फाइनल खेलमा ६० हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइने भएको छ ।

    बेलायत सरकारले युरो कपका लागि दर्शक क्षमतामा ७५ प्रशिशतको अुनमति दिएपछि युरो कप २०२० अन्तर्गत इङ्गल्याण्डको  स्टेडियममा हुने सेमिफाइनल र फाइनल खेलमा ६० हजारभन्दा बढी दर्शकले प्रवेश पाउने भएको हो ।

    युरोकपको सेमिफाइनल र फाइनल हेर्न चाहने दर्शकले बेलायतको कडा कोरोना सुरक्षा नियम पालना गर्नुपर्ने हुन्छ । उनीहरुले टिकट खरिदका निम्ति कोरोना नेगेटिभको प्रमाण अथवा कोरोना खोप लगाएको प्रमाण पेश गर्नुपर्ने बेलायत सरकारले शर्त राखेको छ ।

    बेलायत सरकारले युइएफएसँगको छलफल पश्चात समपूर्ण कोरोना सुरक्षाको नियम कडाइका साथ पालना हुने शर्तमा ७५ प्रतिशत दर्शकलाई स्टेडियममा प्रवेश अनुमति दिइएको जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # Euro cup 2021

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology