कतारमा जारी फिफा विश्वकप फुटबलमा स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेको छ । अल जानोव स्टेडियममा समूह ‘जी’ अन्तर्गत बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।
खेलमा स्वीट्जरल्यान्डलाई जिताउन ब्रील इम्बोलोले ४८औं मिनेटमा जार्हेदन साक्वीरीको पासमा गोल गर्नुभयो ।
जितसँगै स्वीट्जरल्यान्डले तीन अंक बनाएको छ । क्यामरुनले हारबाट खेलको सुरुवात गरेको छ ।




