Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

झिंगे दाउ’ निर्देशक नयाँ फिल्म 'जेल ब्रेकर’ को तयारीमा

झिंगे दाउ’ निर्देशक नयाँ फिल्म 'जेल ब्रेकर’ को तयारीमा

images
  • समाचार
  • मंसिर ८, २०७९ बिहिवार १५:३० बजे
  • 775
    SHARES
  • images

    A8965B48-CBFE-4B3A-91FE-AF4097EAB976.jpegनिर्माता छविराज ओझा कमर्सियल फिल्म बनाउन माहिर मानिन्छन् । जब, उनले कमर्सियल फिल्मको धार छाडेका छन्, ती फिल्म चलेका छैनन् । छविले फिल्म ‘लोफर’ त्यसरी नै बनाए, जुन चलेन ।

    अब, उनै छविराज नयाँ फिल्म बनाउने तयारीमा छन् । फिल्मको नाम ‘जेल ब्रेकर’ राखिएको छ । यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । ज्ञानेन्द्रले फिल्म ‘झिंगे दाउ’ निर्देशन गरेका थिए, जुन बक्स अफिसमा हिट भयो ।

    फिल्म ‘हिफाजत’मा ज्ञानेन्द्र र छविले एकसाथ काम गरेका थिए । अब, यी दुई एकसाथ फिल्म बनाउँदैछन् । फिल्मले माओवादी जनयुद्धकी लडाकु उमा भुजेलको कथा भन्नेछ । जेल तोडेर भागेका लडाकुहरुको कथामा फिल्म बनाउने तयारीमा छवि र ज्ञानेन्द्रले लामो समयदेखि काम गरिरहेका थिए ।

    छविराज ओझा पारिवारिक समस्याका कारण केही बर्षदेखि फिल्म नबनाई बसेका थिए । अब, उनले बिहे पनि नगर्ने बताएका छन् ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology