Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जापानले उपाधि दावेदार जर्मनीलाई  २–१ गोलले हरायो

जापानले उपाधि दावेदार जर्मनीलाई  २–१ गोलले हरायो

images
  • खेलकुद
  • मंसिर ७, २०७९ बुधवार २१:४६ बजे
  • 298
    SHARES
  • images
    कतारमा जारी विश्वकप फुटबलमा चार पटकको विश्वकप विजेता जर्मनीलाई  एसियाली देश  जापानले  २–१ गोलले हरायो । 

    जापानको रित्सु डोन र ताकुमा असनोले गोल गर्नुभयो । जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना बन्यो । 

     जर्मनीले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३३औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभयो । डिबक्सभित्र जर्मनीका डेभिड रमलाई जापानका गोलरक्षक  सुइची गोन्डाले फल हानेर लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो ।

    जसलाई गुन्डोगानले सही सदुपयोग गर्नुभएको थियो । 

    दोस्रो हाफमा आक्रामक देखिएको जापानले ७५औं मिनेटमा बराबरी गोल फर्कायो । रित्सुले गोल गर्दै जापानलाई खेलमा फर्काउनुभयो । त्यसपछि ८३औं मिनेटमा ताकुमा असनोले को इताकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई जिताउनुभयो ।

    जर्मनीले दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । दोस्रो हाफमा जर्मनीको प्रयासमा जापानका गोलरक्षक बाधक बन्नुभएको थियो । जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ को विश्वकप विजेता टोली हो ।

    जितसँगै जापानले तीन अंक बनाएको छ । उपाधि दावेदार जर्मनीले हारबाट कतार विश्वकपको सुरुवात गरेको छ । आजै राति यस समूहको अर्को खेलमा स्पेन र कोस्टारिबीच प्रतिस्पर्धा हुँदैछ । कतार विश्वकपमा यस समूहलाई ‘ग्रुपअफ डेथ’ मानिएको छ । एजेन्सी 

    images
  • सम्बन्धित विषय:

  • # world cup

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology