Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डेनमार्क र ट्युनिसियाको बराबरी

डेनमार्क र ट्युनिसियाको बराबरी

images
  • खेलकुद
  • मंसिर ७, २०७९ बुधवार १६:३२ बजे
  • 241
    SHARES
  • images

     

    डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

    दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार राति भएको समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । ६१ प्रतिशत बल पोसेसन राखेको डेनमार्कले ट्युनिसियाको रक्षापंक्ति तोड्न सकेन । डेनमार्क र ट्युनिसियाले पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् ।

    बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । यस समूहको अर्को खेलमा आजै राति साविक विजेता फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology