चुनावी नतिजा आउने क्रम निरन्तर जारी रहेको छ । हालसम्म २२ स्थानको नतिजा सार्वजनिक भईसकेको छ भने १७ स्थानको मतगणणा सुरु हुन सकेको छैन । अहिलेको ताजा अवस्था हेर्ने हो भने काँग्रेशले १३ स्थानमा विजयी भएको छ भने एमाले र रास्वपा ३, ३ स्थानमा विजयी भएका छन् । प्रारम्भीक मतगणणाको रिपोर्ट हेर्दा नेपाली काँग्रेश प्रत्यक्षमा ६० सिटको हाराहारीमा जितेर पहिलो पार्टी बन्ने लगभग निश्चित जस्तै देखिएको छ । त्यस्तै एमालेले ५५ सिटको हाराहारिमा जितेर दोश्रो पार्टि बन्ने निश्चित छ । माओवादि पार्टिले भने २० भन्दा बढि सिट जित्दै तेश्रो र एकिकृत समाजवादी र रास्वपा विच चौथो स्थानको लागि प्रतिस्पर्धा चलिरिहेको छ ।
समानुपातिकको पनि प्रारम्भीक आँकडा हेर्ने हो भने रास्वपा चौथो पार्टि बन्न सक्ने देखिन्छ । समानुपातिकको प्रारम्भीक गणणामा एमालेले २ लाख २० हजार हाराहारी मत ल्याउदा काँग्रेश २ लाख हाराहारीमा रहेको छ करिव १ करोड खसेको मतलाई मान्ने हो भने सदर तथा राष्ट्रिय पार्टिलाई आएको करिव ८५ लाख मत ११० समानुपातिक सिटको लागि बाँडफाँड हुनसक्छ । यसो हुँदा करिव ८२ हजार मतले एक जना समानुपातिक सांसद निर्धारण गर्नेछ ।
करिब २३ लाख हाराहारीमा एमालेले समानुपातिक मत ल्याउने देखिन्छ भने काँग्रेशले करिव २१ लाख हाराहारीमा मत ल्याउनसक्ने देखिन्छ । त्यस्तै माओवादिले करिव १२ लाख तथा रास्वपाले करिव ७ लाख हाराहारीमा मत ल्याउनसक्ने देखिन्छ । राप्रपा, ए समाजवादी, जसपा, नाउपा लोसपा थ्रेसहोल्ड पुरा गरेर करिव चार पाँच लाख हाराहारीको मत ल्याउन सक्ने देखिन्छ ।
यसरी प्रारम्भीक गणणालाई आधार मान्ने हो भने एमालेले ३२ सिट एमाले २९ सिट काँग्रेश, १५ सिट माओवादी, १० सिट रास्वपा, तथा बाँकी २४ सिट अन्य तथा यीनै दलहरुमा भागबण्डा हुनेछ ।
यसरी जम्मा जोड्ने हो भने काँग्रेश ९० देखी १०० सिटको हाराहारीमा रहेर ठुलो पार्टी बन्नेछ भने एमाले ८५ देखी ९५ सिटको हाराहारीमा रहेर दोश्रो ठुलो पार्टि बन्नेछ । करिव ३० देखी ४० सिट जितेर तेश्रो माओवादी रहनेछ भने २० सिटको हाराहारीमा रास्वपा रहनेछ । १० देखी १५ सिटमा एकिकृत समाजवादी रहनेछ भने अन्य लाई २० देखी ३० सिट अन्य दलले ल्याउनेछन् ।
गठबन्धन कायम रहेको खण्डमा काँग्रेश, माओवादी र नेकपा एस मिल्दा बहुमत आउनसक्ने प्रारम्भीक आँकलन गर्न सकिन्छ । तर यदि गठबन्धन भत्कीएको खण्डमा नेकपा एमाले माओवादी तथा रास्वपा मिलेर पनि सरकार बनाउन चाहिने बहुमत पुरा गर्न सक्ने देखिन्छ ।
को बन्ला प्रधानमन्त्री ?
प्रधानमन्त्रीको लागि प्रमुख दाबेदार नेपाली काँग्रेशका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा रहनेछन् तर गठबन्धनलाई लिएर आलोपालो गर्ने गरि प्रचण्ड प्रधानमन्त्रीको रुपमा पनि आउन सक्नेछन् भने काँग्रेश प्रतिपक्षमा छोडेर सरकार बन्दा दोश्रो दलबाट केपी ओलि प्रधानमन्त्रीको ठुलो दावेदारको रुपमा रहनेछन् ।
रवि लामिछानेको प्रधानमन्त्री बन्ने सम्भावना कति ?
चौथो दल भईहाल्दा पनि रवि प्रधानमन्त्री बनिहाल्ने सम्भावना भने न्युन नै रहनेछ । तर यदि गठबन्धन टुटेर केपि शर्मा ओलि र प्रचण्डको प्रधानमन्त्रीको झगडा भईरहँदा त्यसको फाईदा भने रवि लामिछानेले लिन सक्नेछन् ।
एमाले रास्वपा तथा माओवादी मिलेर सरकार बनाउने सम्भावना भने कम नै रहन्छ । किनभने रास्वपाका अध्यक्षले सबैभन्दा बढि विरोध गर्ने दुई पार्टी भनेकै एमाले र माओवादी हो भने माओवादी र एमालेले पनि स्वतन्त्रलाई त्यति राम्रो सहयात्री मानेको छैन त्यसैले मन्त्री बन्ने सम्भावना कम रहेको छ ।
गगन थापा बन्लान त प्रधानमन्त्री ?
काँग्रेशमा संसददिय दलको चुनावमा जितेपछि मात्र प्रधानमन्त्रीको दावी गर्न पाईन्छ । काँग्रेश महामन्त्री गगन थापा भन्दा टिकट वितरणमा शेर बहादुर देउवाको बढि हात भएकोले संसदिय दलमा पँहुच देउवाकै बढि हुने आँकलन गर्न सकिन्छ किनभने गगनलाई प्रधानमन्त्री युवा पुस्ताले स्वीकारे पनि प्रकाशमान सिंह तथा रामचन्द्र पौडेल लगायतले स्वीकार गर्नेछैनन उनिहरुको विरोधमा गगनलाई अहिल्यै प्रधानमन्त्री हुन त्यति सहज भने हुनेछैन ।




