Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

प्रतिनिधि सभाका पहिलो ७ विजेता मतपरिणाम सहित

प्रतिनिधि सभाका पहिलो ७ विजेता मतपरिणाम सहित

images
  • समाचार
  • मंसिर ६, २०७९ मंगलवार १६:१९ बजे
  • 658
    SHARES
  • images

     

    मुस्ताङ - १ बाट पतिनिधिसभामा योगेश गौचन थकाली नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए उनको जम्मा मत ३९९२ आएको थियो । उनको निकतम् प्रतिद्धन्दी प्रेम प्रसाद तुलाचन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । उनको ३०७८ मत आएको थियो ।

    त्यस्तै काठमाडौं - ९ बाट नेकपा एमालेका उम्मेदवार  कृष्ण गोपाल श्रेष्ठ ११९५६ विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका  टेक बहादुर पोखरेल १०९६१ मत ल्याएका थिए ।

     

    ललितपुर - २ ललितपुर - २ मा नेकपा एमालका प्रेम बहादुर महर्जन १५०२५ विजयी  हुँदा 
    हाम्रो नेपाली पार्टीका लौरो चिन्हधारी सुदिन शाक्य ८८८६ मतका साथ दोश्रो स्थानमा रहेका थिए ।

    मनाङ - १ मा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ २५७५मतका साथ विजयी घोषणा भएका छन् जसका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ्गले २२४७ मत ल्याएका थिए 

    काठमाडौं - १मा प्रकाश मान सिंह ७१४३ मतका साथ नेपाली कांग्रेसबाट विजयी हुदा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ७०१८ मतका साथ निकटतम् प्रतिद्धन्दी रहेका थिए ।

    काठमाडौं - ४ मा नेपाली कांग्रेस गगन कुमार थापा २१३०२ मतका साथ विजयी भएका छन् उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमाले राजन भट्टराई १३८५५ मत पाएका थिए ।

    त्यस्तै कैलाली - ३ बाट नागरिक उन्मुक्ति पार्टी गंगा राम चौधरी २३१२० विजयी भएका छन् उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका  कृष्ण कुमार चौधरीले १७७४९ मत पाउन सफल भएका थिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology