घरेलु समर्थकमाझ कोपनहेगनमा डेनमार्कले ४-१ को फराकिलो अग्रता हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो । यो नतिजा दुवै टोलीका लागि अप्रत्यासित थियो ।
डेनमार्कका लागि ३८ औैं मिनेटमा मिकेल ड्याम्सगार्डले , ५९ औं मिनेटमा युसुफ पोल्सेनले , ७९ औं मिनेटमा आन्द्रेस क्रिष्टियन र ८२ औं मिनेटमा जोकिम मेहलेले गोल गरेका हुन् ।
७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत गोल गरी अग्रता छोट्याउने प्रयास गरे ।
प्रिक्वाटरफाइनलमा डेनमार्कले समूह ए को उपविजेता वेल्ससँग खेल्नेछ ।
समूह बी अन्तर्गत अर्को खेलमा फिनल्याण्डलाई २–० ले हराएर बेल्जियमले शतप्रतिशत जित निकालेको छ ।




