Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

इङ्ग्ल्यान्डको इरानमाथि आधा दर्जन गोल

इङ्ग्ल्यान्डको इरानमाथि आधा दर्जन गोल

images
  • खेलकुद
  • मंसिर ६, २०७९ मंगलवार ०९:२५ बजे
  • 322
    SHARES
  • images

    इङ्ग्ल्यान्डको इरानमाथि आधा दर्जन गोल

    काठमाडौं, मंसिर ५ गते । इङ्ग्ल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार साँझ भएको खेलमा इङ्ग्ल्यान्डले एसियाली देश इरानमाथि ६-२ गोलको सानदार जित निकाल्यो । 

    खालिफा रङ्गशालामा इङ्ग्ल्यान्डलाई जिताउन बुकायो साकाले दुई गोल गर्नुभयो । जुड वेलिङघम, रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गर्नुभयो । इरानका लागि दुवै गोल मेहदी तारेमीले फर्काउनुभएको थियो । 

    एकपक्षीय खेलको पहिलो हाफमा इङ्ग्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलभर बल पोसेसनमा अब्बल देखिएको इङ्ग्ल्यान्डका लागि बेलिङघमले ३५औँ मिनेटमा खाता खोल्नुभयो ।

    उहाँले लुक साको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट हेड गोल गर्नुभएको थियो । बुकायोले ४३औँ मिनेटमा मगाएरले कर्नर पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

    पहिलो हाफको इन्जुरी समयमा रहिमले ह्यारी केनको पासमा ‘वान टच’ गोल गर्दै टोलीलाई थप बलियो बनाउनुभयो । इरानले २०औँ मिनेटमै गोलरक्षक परिवर्तन गरेको थियो ।

    इरानका गोलरक्षक अली बेइरन्भान्द आफ्नै रक्षकसँग ठोकिएर अनुहारमा चोट लागेपछि बाहिरिनुभयो । उहाँको स्थानमा होसेन होसेनीले पोस्ट सम्हाल्नु भएको थियो ।

    इरानले पहिलो हाफको इन्जुरी समयमा पाएको एउटा मौका गुमाएको थियो । इन्जुरी समयमा अलिरेजा जाहानबक्सको पोस्ट नजिकको प्रहार बाहिर हुइँकिएको थियो । 

    दोस्रो हाफमा पनि एउटै लय समाएको इङ्ग्ल्यान्डले तीन गोल थपेको थियो । साकाले ६२औँ मिनेटमा स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।रासफोर्डले ७१औँ र ज्याक ग्रेलिसले ९०औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई सजिलै जिताउनुभयो । इरानका मेहदी तारेमीले ६५औँ र दोस्र हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत दुई गोल फर्काउनुभयो ।

    पहिलो जितसँगै समूहमा इङ्ग्ल्यान्डले तीन अङ्क बनाएको छ । यसै समूहको अर्को खेलमा आज राति १२:४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी  NC:GORKHAPATRA ONLINE

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology