Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अमेरिका र वेल्सको बराबरी

अमेरिका र वेल्सको बराबरी

images
  • खेलकुद
  • मंसिर ६, २०७९ मंगलवार ०९:२० बजे
  • 277
    SHARES
  • images

    अमेरिका र वेल्सको बराबरी

    अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिए ।  प्रतिस्पर्धात्मक खेलमा अमेरिकाका लागि टिमोथी वेहले गोल गर्नुभयो । वेल्सका ग्यारेथ बेलले बराबरी गोल फर्काउनुभयो ।

    खेलमा सुरुवाती अग्रता अमेरिकाले सुरुवाती लिएको थियो । टिमोथी वेहले ३६औँ मिनेटमा गोल गर्दै अमेरिकाको उत्साह जगाउनुभएको थियो । 

    त्यसपछि वेल्सले ८२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । डिबक्सभित्र अमेरिकाका जिमरमनले ग्यारेथ बेललाई फल हानेपछि वेल्सले पेनाल्टीको अवसर पाएको थियो । जसलाई बेलले सही सदुपयोग गर्नुभयो ।

    बराबरीसँगै अमेरिका र वेल्सले एक एक अङ्क बनाएका छन् । तीन अङ्क बनाएको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । सोमबार नै भएको समूहको पहिलो खेलमा इङ्ग्ल्यान्डले इरानलाई ६-२ गोलले स्तब्ध बनाएको थियो ।  NC: Gorkhapatra online 

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # world cup

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology