Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेदरल्यान्ड्सलाई २-० को जित

नेदरल्यान्ड्सलाई २-० को जित

images
  • खेलकुद
  • मंसिर ६, २०७९ मंगलवार ०९:११ बजे
  • 244
    SHARES
  • images

    कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ ।

    सोमबार राति दोहास्थित अल थुमामा स्टेडियममा  सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।

     

     कोडी गाक्पो र डाभी क्लासेनले नेदरल्यान्ड्सलाई जित दिलाउन एक एक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो ।

     गाक्पोले फ्रान्की डी जोङको पासमा खेलको ८४ औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

     विश्वकपको डेब्यु खेलमा गाक्पोले गोल गरेका हुन् ।

    त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

    यस जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।

    समूह 'ए' मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । सेनेगलले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

    सेनेगल तेस्रो स्थानमा रहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # world cup
  • # fifa

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology