Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिफा विश्वकपमा मंगलबार चार खेलहरु

फिफा विश्वकपमा मंगलबार चार खेलहरु

images
  • खेलकुद
  • मंसिर ६, २०७९ मंगलवार ०९:०७ बजे
  • 334
    SHARES
  • images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।

    कतार विश्वकपमा मंगलबार समूह 'सी' र समूह 'डी' को दुई दुई खेलहरु हुनेछन् ।  

    पहिलो खेलमा समूह 'सी' मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।  

    यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'डी' मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

    विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    त्यस्तै सोमबार हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । 

    सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

    आठ रंगशालामा आयोजना भईरहेको  विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # world cup
  • # fifa

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology