Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युरो कपमा आज कुन कुन टिम भिड्दै छन् ?

युरो कपमा आज कुन कुन टिम भिड्दै छन् ?

images
  • समाचार
  • आषाढ ७, २०७८ सोमवार १५:०८ बजे
  • 1.7K
    SHARES
  • images

    युरो २०२० मा आज राति चार खेल हुँदैछन् । राति ९:४५ बजे समूह 'सी' का अन्तिम दुई खेल हुँदैछन्।

    रोमानियाको राजधानी बुचारेस्टमा युक्रेन र अस्ट्रियाबीच तथा आम्स्टर्डममा घरेलु टिम नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ।

    समूह 'सी' मा नेदरल्यान्ड्स लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । नर्थ म्यासेडोनियालाई पराजित गरे वा बराबरी खेले नेदरल्यान्ड्स समूह विजेता बन्नेछ । म्यासेडोनियालाई भने अन्तिम १६ मा उत्कृष्ट तेस्रो टिम बनेर पुग्न जितको आवश्यकता छ। 

    यता युक्रेन र अस्ट्रिया बीचको खेलले अन्तिम १६ मा पुग्ने एक टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिमल अन्तिम १६ मा पुग्नेछ । खेल बराबरी भएको अवस्थामा पनि दुवै टिमको अंक र गोलअन्तर पनि बराबरी हुनेछ । त्यसैले कार्ड पाएको आधारमा दोस्रो हुने टिमको टुंगो लाग्नेछ।

    राति १२:४५ बजे समूह 'बी' का अन्तिम खेल हुनेछन् । रसियाको सेन्ट पिटर्सवर्गमा फिनल्यान्ड र बेल्जियमबीच तथा कोपनहगेनमा घरेलु टिम डेनमार्क र रसिया प्रतिस्पर्धा गर्नेछन् ।  बेल्जियम लगातार दुई जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। फिनल्यान्डलाई हराए वा बराबरी खेले बेल्जिमय समुह विजेता बन्नेछ। फिनल्यान्डलाई भने अन्तिम १६ मा पुग्न बेल्जिमयसँग कम्तिमा बराबरी खेल्नु पर्नेछ। 

    यता रसियालाई पनि अन्तिम १६ मा पुग्ने सम्भावना बनाउन कम्तिमा बराबरी खेल्नु पर्ने छ । डेनमार्कलाई भने अन्तिम १६ को सम्भावना बनाउन भने जित निकाल्ने पर्ने दबाब छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology