Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रुपन्देहीको क्षेत्र नं २ विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

रुपन्देहीको क्षेत्र नं २ विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

images
  • समाचार
  • मंसिर ५, २०७९ सोमवार १७:१५ बजे
  • 292
    SHARES
  • images

    ५ मंसिर, बुटवल । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

    ३०० मत गणना हुँदा गणेश पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

    यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology