Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

साम्राज्ञी र अभिनेता जितुको ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट

साम्राज्ञी र अभिनेता जितुको ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट

images
  • 808
    SHARES
  • साम्राज्ञी र अभिनेता जितुको ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट
    images

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको रोमान्स रहेको रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले शुक्रबार फिल्मको केही पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन् ।

    सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी नै देखिएका छन् । पोस्टरमा जीतु र साम्राज्ञी साइकलमा माइकिङ गर्दै  हिँडेको देख्न सकिन्छ ।  साइकलमा माइकलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके समेत राखिएको छ । पोष्टरले दर्शकका उत्सुकता जगाउने देखिन्छ ।

    बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएका फिल्ममा साम्राज्ञी र जीतुको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा छ ।

    डाक्टर कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजालै कथा तथा निर्देशन छ । पेसाले दन्त चिकित्सक डाक्टर रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत र कविराज गहतराजको कोरियाग्राफी छ । 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology