को-को भिड्दैछन् विश्वकप फुटबलमा आज ?
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ। समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ। पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुका ६ : ४५ बजे सुरु हुनेछ।
त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।
उक्त खेल राति ९ : ४५ बजे सुरु हुनेछ। विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यस विश्वकपमा कूल ६४ खेल हुनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन्।
फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।




