काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् । प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्नेछन् ।
सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला पुननिर्माण भइरहेको छ । तीन तलामा फैलिएको उक्त अपार्टमेन्ट बनाउन ऋतिकले सय करोड भारु खर्च गरेको जनाइएको छ ।
१५ औं र १६ औं तलामा रहेको डुप्लेक्सका लागि ऋतिकले ६७.५० करोड भारु र अर्को अपार्टमेन्टका लागि उनले करिब ३० करोड भारु खर्च गरेको जनाइएको छ ।
ऋतिक पछिल्लो समय फिल्म विक्रम वेधामा देखिएका थिए । उनी अहिले सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा दीपिका पादुकोण र अनिल कपुरसँग देखिंदैछन् ।




