Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ

मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ

images
  • समाचार
  • आषाढ ७, २०७८ सोमवार १३:५५ बजे
  • 1.1K
    SHARES
  • मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ
    images

    सुनसरी, २०७८ असार ७ गते

    कोशी गाउँपालिका-१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका-८ भण्टाबारीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।


    यसैगरी सुनसरी ईनरुवा नगरपालिका-९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका-६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।


    मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

     

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology