काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ को मतगणना सुरु गरिएको छ । आज दिउँसो १ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना सुरु गरिएको हो ।
यहाँबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल, स्वतन्त्र श्रीप्रसाद गुरुङ, रञ्जु दर्शनालगायत उमेदवारहरू प्रतिस्पर्धामा छन् ।




