Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पत्रकारले मासिक ५ लाख माग्दा मैले नदिएपछि मेरो चरित्रहत्या भयो । - “दुर्गा प्रसाई”

पत्रकारले मासिक ५ लाख माग्दा मैले नदिएपछि मेरो चरित्रहत्या भयो । - “दुर्गा प्रसाई”

images
  • समाचार
  • कार्तिक २३, २०७९ बुधवार १६:२५ बजे
  • 2.6K
    SHARES
  • पत्रकारले मासिक ५ लाख माग्दा मैले नदिएपछि मेरो चरित्रहत्या भयो । - “दुर्गा प्रसाई”
    images

    मासिक ५ लाख माग्दा मैले नदिएपछि मेरो चरित्रहत्या भयो । - “दुर्गा प्रसाई”

    झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई लाई केहि बदनाम गराउन केहि तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै प्रसाईले फेसबुकमार्फत आफुले गल्ति नगरी आफुविरुद्ध खनिएकोमा आपत्ति प्रकट गरेका छन् ।

     

    एक मेडिकल व्यवसायीका रूपमा प्रसाईको चर्चा यसअघि नै हुँदै आएको थियो । विञगतमा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भक्तपुरस्थित निजी बंगलामा निम्त्याएर मार्सी चामलको भारत खुवाएपछि प्रसाईको चर्चा एकाएक छाएको थियो । चरेशका थालमा मार्सीको भात खुवाउने भन्ने प्रश्नमा प्रसाईले आफ्नो घरमा पुर्व प्रधानमन्त्री पाउनालाई आफुसँग भएको सम्पति प्रयोग नगरेर केराको पातमा कसरी खुवाउने भन्ने जवाफ दिएर समेत प्रसाईले चर्ता कमाएका थिए ।

     

    प्रसाईले आफ्ना आमा-बुबाको नामको सुरु अक्षरलाई जोडेर खोलेको बीएण्डसी मेडिकल अस्पताललाई सम्बन्धन दिलाउन प्रचण्ड र ओलीको ‘चाकडी’ गरेको आरोप लाग्दै आएको थियो । उनले सुरुमा आफू माओवादीको कार्यकर्ता र पछि नेकपाको कार्यकर्ता रहेको बताउँदै प्रचण्ड र ओलीको किचेनसम्म पहुँच बनाएका भन्ने आरोप लागेपनि उनले गरिव विद्यार्थिलाई निशुल्क पढाएर डाक्टर बनाउछु भन्ने मेडिकल कलेजको संवन्धनको लागी २० करोड आफुसँग घुस मागेको दुखेसो प्रसाईको रहेको थियो ।

     

    प्रसाईलाई माफिया भएको र गलत कागजात तथा राजनितिलाई दुष्प्रयोग गरि अकुत सम्पति कमाएको भनेर बारम्बार समाचार पोष्ट गर्ने पत्रकार मानव बन्धक बनाएर उच्च अदालतमा मुद्धा खेप्ने पत्रकार भएको प्रसाईले फेसबुक मार्फत खुलासा गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ,

     

    “मानव बन्धक बनाएर उच्च अदालमा मुद्दा खेप्ने पत्रुकारको भ्रममा कोही नपरौं, पितपत्रकारिता र तीनको झुटकारिता आफै नाङ्गेझार हुने नै छ । 

    हामीले २०६८ सालमा हस्पिटलको लाइसेन्स लिँदा हामीसँग १६ विगाह १६ कठ्ठा जग्गा थियो। त्यही आधारमा ६८ सालमा शिक्षा मन्त्रालयबाट एलओई लिईएको हो । पछि त्यसमा २ विगाह जग्गा थप किनिएको छ । बैङ्कबाट ऋण लिँदा पनि ७० सालमा त्यही नै जग्गा धितो राखिएको छ। मैले कुनै पनि कागजात गलत गरेको छैन । 

    स्वास्थ्य मन्त्रालय, मालपोत तथा बैंकमा गएर यो सत्य सबैले हेर्न सकिन्छ । म माथि लगाइएको तमाम झुटा आरोपहरू पुष्टि गर्न म खुल्ला चुनौती दिन चाहन्छु । आज एक पक्षीय रूपमा म सँग बुझ्दै नबुझी, सम्बन्धित निकायमा गएर तथ्य सङ्कलन नै नगरी म माथि झुटा लाञ्छना लगाउने र कपोकल्पित समाचार लेख्ने काम भइरहेको छ । 

    मेरो विरुद्ध समाचार लेख्नेले मसँग यसअघि हस्पिटलको विज्ञापन वा केही नाउँमा महिनाको पाँच लाखका दरले पैसा दिन पटक पटक कुरा गरेको थियो । मैले त्यो नमान्दा आज म माथि कपोकल्पित समाचार प्रकाशन गर्ने काम भएको छ ।  

     म माथि लगाइएका तमाम ती आरोपहरूको सिधै खारेजी गर्न चाहन्छु । मेरा विरुद्ध लेखिएका झुटा समाचार यही फेसबुक पोस्टलाई आधार मानी खण्डन गर्न हुन म सम्बन्धित निकाय र मिडियालाई आग्रह गर्दछु ।

     समाचार प्रकाशन गर्ने मिडियालाई झुटा समाचार लेख्ने पत्रकार नामधारीहरूको विगत, वर्तमान र चरित्र पनि राम्रोसँग बुझ्न म अनुरोध गर्न चाहन्छु । मेरो विरुद्ध समाचार लेख्ने पत्रकार बरु आफै किर्ते गर्ने र अपहरणजस्ता केसमा मुद्दा खेपिरहेका व्यक्ति भएको तथ्य बुझिदिनु हुन म सबैलाई अनुरोध गर्दछु ।

     गोरु तस्करीसँग पैसा खाने, सुपारी तस्करीसँग हप्ता उठाउने,र अपहरण तथा मानव बन्धक केसमा आफै उच्च अदालत ईलाममा मुद्दा खेपिरहेको व्यक्तीले पत्रकारिताको आँडमा बाग्र्रेनिङ गर्ने र नमानेपछि मेरो चरित्रहत्या गर्ने काम गरेको हो । यस्ता व्यक्तीले चलाएको हल्लाको पछि कोही पनि नपर्नु हुन म सबैमा अनुरोध गर्न चाहान्छु 🙏”

     

    हाल विदेशमा रहेर दुःख पाएका नेपालीलाई उद्धार गर्ने काममा सकृय प्रसाईसँग यदि मासिक ५ लाख मागेका भनिएका पत्रकार को हुन् भन्ने कुरा भने उनले फेसबुकमा भने नाम सार्वजनिक गरेका छैनन् ।

    images
  • सम्बन्धित विषय:

  • # durgga prasai

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology