Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सिड्स फर द फ्युचरमा टिम नेपाल ले अन्य ६ टोलि सहित Tech4Good प्रोजेक्ट जित्यो

सिड्स फर द फ्युचरमा टिम नेपाल ले अन्य ६ टोलि सहित Tech4Good प्रोजेक्ट जित्यो

images
  • अर्थ
  • भाद्र १९, २०७९ आइतवार १६:५२ बजे
  • 820
    SHARES
  • images

    सिड्स फर द फ्युचरमा टिम नेपाल ले अन्य ६ टोलि सहित Tech4Good प्रोजेक्ट जित्यो

     सीड्स फर द फ्युचर ह्वावेको विश्वव्यापी फ्ल्यागशिप कार्यक्रम हो जसको उद्देश्य स्नातक स्तरका आईसीटी विद्यार्थीहरू लक्षित छ । नेपालमा सन् २०२१ मा सुरु भएको यस कार्यक्रमले विद्यार्थीहरूबाट अत्याधिक सकारात्मक प्रतिक्रिया पाएको छ । साथै, अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए ।

    एक ब्यस्त हप्तामा उनीहरूले मेटाभर्स , 5G, ए आइ (AI), र क्लाउडको बारेमा सिकेका थिए र UNESCAP कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण पनि समावेश थियो । सो अवधिमा उनीहरूलाई आफ्नो प्रोजेक्ट – अद्वैत (Advait) लाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम गरेको पनि देखियो । अगस्ट २७ मा भएको Tech4Good प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरू मध्ये एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो ।

    अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन (Blockchain) र एआई (AI) प्रयोग गर्दछ । विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्यु आर कोड (QR code) राखिएको छ । यो क्यु आर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारीक वितरक/ खुद्रा विक्रेता मार्फत औषधि आएको हो कि हैन, र एम आर पि बारे सूचित गरिन्छ ।

    टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा Tech4Good एक्सेलेटर क्याम्पमा भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology