Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्विट्जरल्यान्ड ३-१ले  विजयी,  नकआउट चरण पुग्ने सम्भावना कायम

स्विट्जरल्यान्ड ३-१ले  विजयी,  नकआउट चरण पुग्ने सम्भावना कायम

images
  • समाचार
  • आषाढ ७, २०७८ सोमवार ०८:३९ बजे
  • 742
    SHARES
  • images

    swezerland 1.jpg

    आइतबार राति बाकुमा भएको समूह ए को खेल मा जेर्दान शाकिरीले दुई गोल गरेपछि स्विट्जरल्यान्डले युरोकप २०२० मा पहिलो जित हात पारेको छ ।  स्विट्जरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गरेको हो ।

    जितपछि समूह ए मा स्विट्जरल्यान्डले वेल्स समान ४ अंक जोडे पनि गोल अन्तरमा वेल्स अघि रह्यो । वेल्स आइतबारै भएको खेल मा इटलीसँग १-० ले पराजित भए पनि समूह उपविजेता बन्यो ।

    २६औँ र ६८औँ मिनेटमा स्विट्जरल्याण्डका लागि जेर्दान शाकिरीले २६औँ र ६८औँ मिनेटमा गोल गरे भने हरपस सेफेरोभिकले छैटौं मिनेटमा गोल गरे । टर्कीका लागि इर्फान काहभेचीले ६२औँ मिनेटमा गोल गरे ।
    पहिलो जित हात पारेको स्विट्जरल्याण्डले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ तर तेस्रो हुनेमध्ये उत्कृष्ट चारमा पर्न अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ ।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # युरो २०२०
  • # स्विट्जरल्यान्ड

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology