काठमाडौं, भदौ । पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनामा कोरोना परीक्षण गर्दा ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६२१ जनामा पिसिआर परीक्षण गर्दा २४६ जनामा सङ्क्रमण भएको छ भने ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ४८७ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। देशभर ५ हजार २४ जना सकृय सङ्क्रमित छन्।




