काठमाडौं, साउन ३० । पछिल्लो २४ घण्टामा ५ हजार ७३७ जनामा कोरोना परीक्षण गर्दा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५५ जनामा पिसिआर परीक्षण गर्दा ४२७ जनामा सङ्क्रमण भएको छ भने २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ४७४ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ। देशभर ५ हजार ३८७ जना सकृय सङ्क्रमित छन्।




