भदौ, रामेछाप । आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रदेश ‘क’ बाट प्रत्यक्ष तर्फ भीमशेन बस्नेतले उम्मेद्वारी दिएपछि रामेछाप कॉग्रेशमा तहल्का मच्चिएकोछ । गॉऊदेखि केन्द्रसम्मको प्रिय तथा युवा भिजनको खानि बस्नेत रामेछापको लोकप्रिय नेता हुन्।
रामेछाप जिल्लाको उमाकुण्ड गा.पा. ( साबिकको गुम्देल गाविस) निवासी बस्नेत लामो समयदेखि राजनीतिमा संक्रिय छन् । पार्टीमा रहेर पार्टीलाई ठूलो योगदान गरेको भन्दै यो पटक आफु जनसेवाको लागि चुनावमा उम्मेदवार बन्न लागेको ऊनको तर्क छ ।
हाल बागमती प्रदेश सदस्य समेत रहेका बस्नेत १३ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि बनेका थिए । १४ औं महाधिवेशनमा आएर उनी प्रदेश ‘क’ निर्वाचन क्षेत्रबाट बाग्मती प्रदेश प्रतिनिधि बनेका हुन् । साथै उनले १२ औं अधिवेशनमा २०६७ देखि २०७२ साल सम्म निर्वाचित जिल्ला सदस्य बनेर काम गरि सकेका छन् ।
समाजशास्त्र तथा मानवशास्त्रमा एम.ए. गरेका बस्नेत २०५४/०५६ सालमा श्री सिद्देश्वर मा.वि. विद्यालयको (नेविसंघ) उपाध्यक्ष बनेर राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन समयमा पार्टीमा लाग्न निकै कठिन रहेको सुनाउदै उनी २०५६ साल देखि २०५८ सालसम्म (नेविसंघ) सरस्वती बहुमुखी क्याम्पसको इकाई सदस्य बनेका थिए।
त्यस्तै २०५९ देखि २०६१ सम्म नेपाल कमर्श क्याम्पसको कार्यवाहक इकाई सभापति, २०६० मा स्वातन्त्र विद्यार्थी युनियनको सहसचिवको उम्मेद्वार बनेका ऊनि २०६१ देखि २०६३ सम्म इकाई सभापति बनेर नेपाल कमर्श क्याम्पस मिनभवनमा काम गर्दै २०६२ सालमा सोही क्पाम्पसमा स्वातन्त्र विद्यार्थी युनियनको उपसभापतिको उम्मेद्वर बने ।
२०६० देखि २०६४ सालसम्म (नेविसंघ) रामेछापको जिल्ला उपसभापति बनेका बस्नेत ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बने ।
दुर्गम गाउँमा जन्मेका बस्नेतले राजनीति कार्यक्रममा भाग लिनकै लागि एक हप्ता सम्म पैदल हिडेर जिल्लाका विभिन्न ठाउँमा पुगेको उनी सुनाउछन् । त्यस्तै तत्कालिन गुम्देलको विकास र वडालाई हालको अवस्था सम्म पुर्याउन निकै ठूलो भूमिका आफूले खेलेको उनको भनाई छ ।
२०५९ देखि २०६३ साल सम्म शाही घोषणको बिरुद्ध आन्दोलनमा सक्रिय बनेर आजव बुलन्छ पारेका बस्नेत सात (७) पटक सम्म प्रहरीको नियन्त्रं र यातानामा परेको बस्नेतले बताए ।
त्यसपछि २०६४ सालको संविधान सभाको चुनावमा सक्रिय भई सम्पूर्ण निर्वाचन क्षेत्रको भ्रमण तथा स्थलगत निरिक्षण गरेका उनले स्मरण गरे । सोही चुनावको समयमा पार्टीलाई भोट माग्दै गर्दा करिब दुई सय जति (माओवादी) ले अपहरण गरि २ दिन बेपत्ता बनाएको उनले सुनाए ।
१२ औं महाधिवेशनमा जिल्ला कार्यसमितिमा निर्वाचित बनेका बस्नेत निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छन् । केन्द्रदेखि प्रदेश हुदै तल्लो तहमा परिचित बस्नेत आफूले ठाउँ पाएमा जस्तो सुकै भुमिका निभाउन सक्ने र जिल्लाको विकास र समृद्धिको लागि योजना ‘भिजन’ रहेको जिकिर गर्छन् ।
उनी पछिल्लो समय जलविद्युत लगाएत, सडक, पूर्वधार निर्माणमा काम गरेको अनुभव सुनाउदै विकासको मोड्ल आफूसंग रहेको बताउछन् ।
मिनभवन कमर्श क्याम्पसका विद्यार्थि राजनितिमा समकालिन साथिहरू समेत बस्नेतको भिजनको कदर गर्दै ऊनि रामेछापको ऊपहार भएको भन्दै ऊनको राजनैतिक भविष्य ऊज्जवल रहेको बताऊछन्।




