काठमाडौं, साउन २४ । पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनामा कोरोना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९५८ जनामा पिसिआर परीक्षण गर्दा ५६० जनामा सङ्क्रमण भएको छ भने ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ४३८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। देशभर ५ हजार ८०६ जना सकृय सङ्क्रमित छन्।




