काठमाडौं, साउन २२ । पछिल्लो २४ घण्टामा देशभरमा ५ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ७८९ जनामा कोरोना परीक्षण गरिएको हो। देशभर २ हजार ४० जनामा पिसिआर परीक्षण गर्दा ४५१ जनामा सङ्क्रमण भएको छ भने १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ४३३ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा १६ हजार ९६४ जनाले कोरोना बिरूद्दको खोप लगाएका छन्। हाल देशभर ५ हजार ६५९ जना सकृय सङ्क्रमित छन्।




