काठमाडौं, साउन १६ । पछिल्लो २४ घण्टामा पाॅच हजार ९०९ जनामा कोरोना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ जनामा सङ्क्रमण भएको छ भने दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज २६४ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा तेत्तिस हजार १७६ जनाले कोरोना बिरूद्दको खोप लगाएका छन्। हाल देशभर चार हजार ९३४ जना सकृय सङ्क्रमित छन्।




