Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वामदेवको नयाँ दल घोषणा आज हुँदै: बन्ने भयो ६९ सदस्यीय केन्द्रीय समिति

वामदेवको नयाँ दल घोषणा आज हुँदै: बन्ने भयो ६९ सदस्यीय केन्द्रीय समिति

images
  • समाचार
  • आषाढ १४, २०७९ मंगलवार १३:५३ बजे
  • 559
    SHARES
  • वामदेवको नयाँ दल घोषणा आज हुँदै: बन्ने भयो ६९ सदस्यीय केन्द्रीय समिति
    images

    काठमाडौं, असार १४ । नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लागेका हुन्। उक्त अभियानको संयोजक उनी आफैं छन्। 

     

    पार्टीका प्रसार विभाग प्रमुख निमकान्त पाण्डेले दिएको जानकारी अनुसार, संयोजक गौतमले आज राजनीतिक दलको घोषणा गर्न लागेका हुन्। 

     

    नयाँ पार्टी निर्माणका लागि उनले असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गरेका थिए । त्यसमा निर्वाचन आयोगमा दर्ता भएका तीन राजनीतिक दलसहित पाँच अन्य दल पनि सहभागी थिए । 

     

    आयोगमा दर्ता भएका दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी छन् भने आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सहभागी थिए । 

     

    सम्मेलनले ६९ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । सोही बैठकले गरेका विभिन्न निर्णयलाई आज दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी प्रचार विभाग प्रमुख पाण्डेले दिएका छन् । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology