Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

१२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार दिने

१२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार दिने

images
  • समाचार
  • आषाढ १०, २०७९ शुक्रवार १४:४३ बजे
  • 397
    SHARES
  • images

    काठमाडौं, असार १० । नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ ।

     

    यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।  गाउँपालिकाको उक्त निर्णयले पालिकाको मानव विकास सूचकांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले बताए ।

     

    उनका अनुसार यसबाट अभिभावकहरुमा छोरीलाई पूर्ण शिक्षा दिनुका साथै छोरीहरु आफैं सचेत हुनेसमेत लक्ष्य लिइएको छ। म्यागङ अधिकांश तामाङ समुदायको बसोबास रहेको गाउँपालिका हो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology