Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

तातोपानी भन्सारमा थन्कियो ५० टन मल

तातोपानी भन्सारमा थन्कियो ५० टन मल

images
  • समाचार
  • जेठ २०, २०७९ शुक्रवार १३:११ बजे
  • 946
    SHARES
  • images

    काठमाडौं, जेठ २० । व्यापारीले चीनबाट खरीद गरी ल्याएको ५० टन युरिया मल तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको गोदममा २० दिनदेखि थन्किरहेको छ।

     

    भन्सार प्रमुख नारद गौतमले उक्त मलको भन्सार प्रक्रिया गर्न कोही नआउँदा ५० टन मत त्यतिकै गोदाममा थन्किरहेको जानकारी दिए। उनका अनुसार ६० दिनसम्म भन्सार प्रक्रिया गर्न कोही नआएमा भन्सार नियमनुसार उक्त मल जफत हुने प्रावधान रहेको छ। यसबारे सम्बन्धित कम्पनीलाई पनि जानकारी गराइसकिएको गौतमले बताए।

     

    ‘‘हामी मलको भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौं, तर सम्बन्धित कम्पनी भन्सार प्रक्रिया गराउन आएको छैन,’’ उनले भने। यति लामो समयसम्म मल भन्सार प्रक्रिया गर्न कोही नआएका कारण मल अलपत्र अवस्थामा छ।

     

    मल आयातका लागि सिल्क ट्रान्सपोर्ट ठेक्का पाएको थियो। ट्रान्सपोर्टले यसअघि ५३९ मेट्रिक टन मल भन्सार प्रक्रिया सकेर राजधानी पु-याएको थियो। ग्लोबल टेण्डरपछि सरकारले उक्त कम्पनीलाई चीनबाट १० हजार मेट्रिक टन आयातका लागि ठेक्का दिएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology