Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

बागमती र गण्डकी प्रदेशका सवारी साधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बर नराखे कारबाही हुने

बागमती र गण्डकी प्रदेशका सवारी साधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बर नराखे कारबाही हुने

images
  • समाचार
  • जेठ २०, २०७९ शुक्रवार ११:५० बजे
  • 802
    SHARES
  • images

    काठमाडौं, जेठ २० । असार मसान्तसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ।

     

    बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको समेत विभागको भनाइ छ। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।

     

    सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।

     

    बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

     

     

    मोटरसाइकललगायत साना ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।

     

    साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट राखेको नपाइएमा कारबाही गर्ने चेतावनी विभागको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology