Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो

images
  • समाचार
  • जेठ २०, २०७९ शुक्रवार ११:३९ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौं, जेठ २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

     

    बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको हो। सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको निगमका नायाव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

     

    नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ छ। यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो। यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो। मट्टितेलको मूल्य पनि १० रूपैयाँ घटेको छ।

     

    खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology