काठमाडौं, जेठ १९ । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन्। आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटनामा परेको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी दुई चरणमा काठमाडौं ल्याइएको थियो। उक्त शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिसकेर मृतकका आफन्तलाई जिम्मा लगाइएको हो।
काठमाडौं ल्याइएका शवको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीबार शवलाई आफन्तको जिम्मा लगाइएको हो ।




