Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

पुर्वराजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गरि हटाएपछि नेपालगञ्जमा तनाव

पुर्वराजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गरि हटाएपछि नेपालगञ्जमा तनाव

images
  • समाचार
  • जेठ १९, २०७९ बिहिवार ११:०८ बजे
  • 289
    SHARES
  • images

    काठमाडौं, जेठ १९ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद उत्पन्न हुॅदा लेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ। बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो। सोक्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ।

     

     

    विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ। वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो। बिहीबार राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ शालिक राखेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। यसक्रममा बल प्रयोग गर्दै प्रहरीले शालिक हटाएको छ।

     

    झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन्। झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology