काठमाडौं, जेठ १९ । कपिलवस्तुकी १७ वर्षीया बालिकाको अपहरण गरी बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाए पछि राती देखी प्रहरीले खोजतलास जारी गरेको थियो। अपहरण पछि कञ्चन गाउँपालिका ३ मा बालिकाको बलात्कार भएको नायव उपरीक्षक जेसी शाहले बताएका छन्।
घटनामा संलग्न कञ्चन गाउँपालिका ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापालाई पक्राउ गरी थप कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।




