Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

समयमा मल दिन नसक्नेले उत्पादन दोब्बर बनाउँछु भन्नु झुटको खेती: सुरेन्द्र पाण्डे

समयमा मल दिन नसक्नेले उत्पादन दोब्बर बनाउँछु भन्नु झुटको खेती: सुरेन्द्र पाण्डे

images
  • समाचार
  • जेठ १८, २०७९ बुधवार १२:१८ बजे
  • 655
    SHARES
  • images

    काठमाडौं, जेठ १८ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयमा किसानलाई मल दिन नसक्नेले उत्पादन दोब्बर बढाउँछु भन्नु झुटको खेती भएको बताएका छन्।

     

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि टिप्पणी गर्दै पाण्डेले अहिलेसम्म कति मल कहिले आउँछ भन्ने कुरा कृषि मन्त्रालयलाई समेत थाहा छैन, तर अर्थमन्त्री दोब्बर उत्पादन बढाउँछु भन्नुहुन्छ यो कसरी सम्भव छ ? भनेर प्रश्न समेत गरे।

     

    ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ। बजेट पुरै कृषि उत्पादनमा केन्द्रित भएको भनिएको छ। तर मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्री ज्यू ?’ प्रतिप्रश्न गर्दै पूर्वमन्त्री पाण्डेले भने, ‘चालु आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादनमा जान सकिन्छ?’

     

    भारतले डेढ लाख मेट्रिक टन मल दिन्छु भनेर भने पनि अहिलेसम्म रेट तोकेर चिठी नपठाएको भन्दै उनले अर्थमन्त्रीले हचुवाको भरमा उत्पादन बढाउने कुरा गरेको बताए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology