Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल र नामिबियाबीच पहिलो खेल आगामी असार १७ गते हुने

नेपाल र नामिबियाबीच पहिलो खेल आगामी असार १७ गते हुने

images
  • खेलकुद
  • जेठ १७, २०७९ मंगलवार १५:५७ बजे
  • 763
    SHARES
  • images

    काठमाडौं, जेठ १७ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ। नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ।

     

    यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ। त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ।

     

    लिग दुईकै सिरिजअन्तर्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ। अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो। उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ।

     

    लिग दुईको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ। त्यसैगरी अंक तालिकाको शीर्ष स्थानमा ओमान रहेको छ।

     

    त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स (यूएई), चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ। पपुवा न्यूगिनी सातौ स्थानमा छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology