Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

रोकिएका परीक्षा  असार अन्तिम साता !

रोकिएका परीक्षा  असार अन्तिम साता !

images
  • समाचार
  • आषाढ ६, २०७८ आइतवार १६:०८ बजे
  • 1.1K
    SHARES
  • images

    चिकित्सा शिक्षा आयोगले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएममी) सँग । एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न स्वीकृति मागेको छ । राष्ट्रिय परीक्षा बोर्डले असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । कक्षा ११ को परीक्षा गत वर्षदेखि विद्यालयले नै लिन थालेका छन् । साउन मसान्तसम्म आन्तरिक मूल्यांकनबाट कक्षा १० को नतिजा प्रकाशन गर्ने तयारी छ । एक साताभित्र कक्षा ११ का विद्यार्थीलाई बोर्डले सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जनाएको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको छ

    गत जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । १२ को परीक्षाको तयारीमा करिब ४ लाख विद्यार्थी छन् । परीक्षाको मोडालिटीबारे असार १५ गतेसम्मको अवस्था हेरेर निर्क्योल गरिने तयारी छ ।  । सकभर भौतिक उपस्थितिमा र नभए अरू विकल्पमा पनि परीक्षा सञ्चालनका लागि योजना बनाइएको छ ।

    exam.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # परीक्षा
  • # कक्षा १२ को परीक्षा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology