Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विमान दुर्घटना अपडेट : हालसम्म १४ वटा शव संकलन

विमान दुर्घटना अपडेट : हालसम्म १४ वटा शव संकलन

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार ११:४४ बजे
  • 403
    SHARES
  • images

    काठमाडौं,  जेठ १६ । तारा एयरको विमान दुर्घटनामा परेका १४ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। विमानमा सवार अन्यको भने खोजी जारी रहेको छ।

     

    विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए। ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए। जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ।

     

    आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो। सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology